टिसिएलले ल्यायो ‘अजम्बरी खुशी’ योजना

काठमाडौं । ओम्दिया बाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले टेलिभिजनको खरिदमा ४०,४०० सम्मको छुट पाउन सक्नेछन भने कर्भड टेलिभिजनको खरिदमा १४,७०० को छुटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्नेछन् । त्यस्तै वाशिङ मेसिन खरिदमा १९,३०० सम्मको छुटका साथै ६ केजीको क्गचा भ्हअभ िवाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन् । र रेफ्रिजेरेटरको खरिदमा ३५,७०० को छुट पाउन सक्नेछन् ।

त्यसै गरी एअर कन्डिसनरको खरिदमा ३५,४०० सम्मको छुटका साथै ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन् । र साथै वाटर डिस्पेन्सरको खरिदमा ४,३०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा १४,७०० र साउन्ड बारको खरिदमा ६,००० सम्मको छुट पाउन सक्नेछन् ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स