काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर ९५ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ११ सय ६५ रूपैयाँ कायम भएको छ ।