लगातार ओरालो लाग्दै सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ९५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स