काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।