काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर ९६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय २० रूपैयाँ कायम भएको छ ।