सुनमा गरेको लगानीले वार्षिक १८ प्रतिशतको रिटर्न दिन्छः माणिकरत्न शाक्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनमा गरेको लगानीले वार्षिक १८ प्रतिशतले प्रतिफल दिने बताएका छन् । सुन लगानीको एउटा सुरक्षित र भरपर्दो माध्यम भएको बताउँदै उनले सुनमा गरेको लगानीबाट लामो समयमा औसतमा १८ प्रतिशतले रिटर्न दिने बताए ।

‘क्युमिलेटिभ ग्रोथ’ मा सुनको मूल्यको ग्राफ चार्ट उकालो लागिरहेको छ,’ उनले भने ‘वर्ष वर्ष दिनमा हेर्ने हो भने चाहिँ यस्तो देखिदैन, तर लामो अवधिको विश्लेषण गर्दा भने वार्षिक रुपमा औसतमा १८ प्रतिशतले रिटर्न भएको देखिएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएर चर्को व्याजदर भएका बेलामा समेत १८ प्रतिशत प्रतिफल दिन नसकिरहेको बेला सुनबाट आउने प्रतिफल राम्रो भएको उनले बताए ।

गत वर्ष भने यति बेला सुन सस्तो थियो । ९२/९३ हजारमा प्रतितोला सुन पाइन्थ्यो, तर अहिले मूल्यमा त्यति धेरै परिवर्तन नआएको उनले बताए । गत वर्ष एक लाख ५ हजारसम्म पुगेको प्रतितोला सुनको मूल्य घटेर ९३ हजारसम्म ओर्लिएर अहिले माथि उक्लन थालेको छ ।

वार्षिक १ खर्बको सुन कारोबार हुने भएपनि नेपालमा भने सुनबाट रिटर्न लिनेभन्दा धार्मिक तथा सांस्कृतिक प्रयोजनको लागि बढी प्रयोग हुने गरेको छ । विदेशी बजारमा सुनलाई कमोडिटीको रुपमा बजारमा सेयर किनबेच गरेजस्तो गरी सुन नै खरिद बिक्री हुने गरेको छ ।

भदौ लागेपछि सुनको कोटा बढाउन माग
साउन महिना यसैपनि अफ सिजन भएको सुन बजारमा त्यति चाप देखिदैन । राष्ट्र बैंकले छुट्याएको १० किलो कोटाले बजार धानेको छ । तर, भदौ लागेपछि चाडपर्व नजिकिने भएकोले अहिलेको कोटाले नभ्याउने अध्यक्ष शाक्यले बताए । सिजन लागेपछि ३० देखि ४० किलो सुन आवश्यक पर्छ,’ अध्यक्ष शाक्यले भने ‘हामी सरकारलाई भदौ लागेपनि सुनको कोटा बढाएर २० किलो पुर्याउन माग गर्दैछौं ।’

सुनचाँदी व्यवसयामा हाल २ लाखले रोजगारी पाइरहेका छन् । सो कालिगढमध्य उपत्यकामा आधा नेपाली हुन् भने आधा भारतीय तथा बंगाली कालिगढ हुन् भने मोफसलमा १५ देखि २० प्रतिशतमात्रै विदेशी कामदार रहेको र अन्य स्वदेशी काम दार रहेको अध्यक्ष शाक्यले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स