नेपाल अलैंची व्यवसायी महासंघद्वारा वाह ! अलैंची अभियानको शुभारम्भ

काठमाडौं । नेपाल अलैंची व्यवसायी महासंघले वाह ! अलैंची अभियान शुभारम्भ गरेको छ । महासंघले कृषि मन्त्रालय , प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी. ) को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा वाह ! अलैंची अभियानको शुभारम्भ गरेको हो ।

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ । यो अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउनेछ ।

बेलायतको रियालिटी कुकरी टिभी शृंखला बीबीसी मास्टर सेफः द प्रोफेशनल रिम्याचका विजेता , शेफ सन्तोष शाह , यस वाह ! अलैंची अभियानको ब्रान्ड एम्बेसेडर हुन् । उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहरु पनि तयार गर्छन् । साथै , यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ ।

नेपालमा विश्व बजारको ६,६०० मेट्रिक टन अलैंची उत्पादन हुन्छ , जुन पूर्वको पहाडी जिल्लाहरूको कृषकहरूका आम्दानीको मुख्य स्रोत हो । तर , नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढेको छैन , बरु भारत लगायत अरु मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको छ ।

सन् २०२१ मा सुकमेल को आयात ५६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैंचीको आन्तरिक बजारमा खपत १०० टनभन्दा कम थियो । त्यसैगरी , नेपाली उपभोक्ताले एक सय ग्रामको १०० देखि १५० रूपैयाँसम्ममा खुद्रा बिक्री हुने नेपाली अलैंचीको मूल्यको तुलनामा अहिले १०० ग्रामको सुकमेलको ४०० देखि ५०० रूपैयाँ सम्म बढी मूल्य तिरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स