नयाँ व्यवसाय गर्न चाहनु भएको छ, तर अलमलमा हुनुहुन्छ भने, इनक्यूवेटरको बारेमा जान्नुहोस्

कसै सँग उत्कृष्ट व्यवसायले परिवर्तन गर्ने योजना\उपाय छ । तर त्यस उपायलाई सार्थक रुप बनाउँनका लागी विभिन्न समस्याले सँधै पछ्याई रहेका हुन्छन् । त्यस्ता समस्यालाई सजिलो पार्नका लागि इनक्यूवेटरको सिर्जना गरिएको हो ।

इनक्यूवेटरले भनेको कुनै पनि सुरुवातकर्ता व्यबसायीको लागि चाँहिने कार्यकक्ष देखि तालिम , लगानि जुटाउँने कार्य गर्छ । इनक्यूवेटरमा व्यबसायमा सफल भएका व्यबसायीहरुले मार्ग निर्देशकको रुपमा काम गर्दछन् । आफूलाई चाँहिने स्पष्ट बिजनेस प्लान, योजना, सम्बधित व्यक्तिसँगको भेटघाट, दर्ता प्रक्रियामा सहयोग, कानुनी बाटोे र मार्गनिर्देशन गर्ने गरिन्छ ।

इनक्यूवेटरका केही प्रकार ?
शैक्षिक संस्थाहरु: अधिकांश व्यापारिक इनक्यूवेटरहरु विभिन्न शैक्षिक संस्थाबाट व्यबस्थापन गरिएको हुन्छ । विभिन्न प्रसिद्ध व्यवस्थापन संकाएका विश्वविद्यालयले आफ्ना युवा विधार्थीका लागि खोलेका हुन्छन् ।

नाफा मूलक इनक्यूवेटर: यस्ता इनक्यूवेटरहरु विशुद्ध नाफामा आधारित हुन्छन् । कुनै पनि व्यबसाय सफल भएपछि केही प्रतिशत हिस्सा यी इनक्यूवेटरले लिने गर्छन् । यी पनि बजारमा व्यबसायकै रुपमा खडा भएका हुन्छन् ।

गैर नाफा मूलक इनक्यूवेटर: यस्ता इनक्यूवेटर गैर नाफामुलक परोपकारी संस्था बाट संचालित हुन्छन् । व्यबसाय गरेर समाजमा रोजगारी सिर्जनाका लागि यी संस्थाको भूमिका महत्वपूर्ण हुन्छ ।

सरकारी इनक्यूवेटर: सरकारबाट संचालित र माग निदेर्शित इनक्यूवेटरलाई सरकारी इनक्यूवेटर भनिन्छ । सरकारले यस्ता योजनाको लागि छुट्टै बजेट पेश गर्ने गर्छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स