नेपालमा पहिलोपल्ट टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम कार्यक्रम आयोजना

काठमाडौं । टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ । श्रावण ६,७ र ८ मा आयोजना गरिएको यस तीन दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी थिए जहाँ उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका थिए ।

कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व व्यक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए । अमेरिकामा सन् १९२४ देखि शुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रहरूमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ म शुरु भएको हो ।

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अंकुर यादवले भने, ‘एक कुशल नेता ले संगठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नु पर्छ । हरेक वर्ष हामीले नयाँँ प्रेरणा को साथ काम गर्नु पर्छ र यस वर्ष केही नयाँँ सिक्दै , आफु मा सकरात्मक परिवर्तन ल्याउँदै र आफु लाई सुधार्दै अघि बढ्नु पर्छ ।’

सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डि टि एम रन्जित आचार्यले नेतृत्ववर्गलाई सम्बोधन गर्दै भने, ‘नेता हुनु भनेको सबै भन्दा उत्कृष्ट हुनु होइन कि हिजो को आफु भन्दा आज को आफु सुधारिनु हो । र तपाईको प्रतिस्पर्धा अरु कोही नभएर तपाईं को विगत हो । यसमा सफल हुन को लागि तपाईं मा जिम्मेवार बोध हुनु प¥यो , चनाखो हुनु प¥यो , सँधै केही न केही गरी रहनु प¥यो र आफु ले जे गरेको छ त्यसमा रमाउन सक्नु प¥यो ।’

तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए । टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सिप व्यक्तिगत र व्यवसयिक जीवन मा पनि लागु गर्न सके धेरै प्रगती गर्न सकिने बताए ।

डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डि टि एम सुमन शाक्यलेले कोभिडपछिको नौलो समयलाई इकिंत गर्दै आफ्नो स्वागत मन्तव्यमा भने, ‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँ नयाँ चुनौतीहरुलाई सामना गर्न सिक्नु पर्छ र यसको मन्त्र भनेको राइज रि बिल्ड र रि भाइभ हो ।’

साथै, डिस्ट्रिक्ट ४१ का डि टि एम क्लब ग्रोथ डिरेक्टर मून प्रधान र उनको समूहले तालिम कार्यक्रम को नेतृत्व गरेका थिए । तालिम मा टोस्टमास्टर्सको बजार प्रवद्र्धन गर्न, नयाँ क्लबहरू खोल्न तथा विषयलाई पनि प्राथमिकता दिइएको थियो ।

तालिम कार्यक्रम अन्तरक्रियात्मक हुनु को साथै डिस्ट्रिक्ट ४१ का नव निर्वाचित डिस्ट्रिक्ट अफिसरहरुको लागि अत्यन्तै जानकारी मुलक रहेको सहभागिहरुले बताए । । भारत बाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स