काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९४ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ५० रूपैयाँ कायम भएको छ ।