तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर ११ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स