काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ११ सय ५५ रूपैयाँ कायम भएको छ ।