काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।
शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागाइले हस्ताक्षर गरे ।
सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ ।