काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ११ सय ६५ रूपैयाँ कायम भएको छ ।