काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९३ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ६० रूपैयाँ कायम भएको छ ।