काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ ।
कम्पनीले स्थापना कालदेखि ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो।
ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुंगाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नाप तौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।
हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्यधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त यो सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिंदै आएको कम्पनीको भनाइ छ ।