काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर ११ सय ६० रूपैयाँ कायम भएको छ ।