लजिष्टिकको व्यवस्था मिलाएर नेपालमा ग्लोबल ट्रेण्डरबाट पेट्रोलियम पदार्थ भित्र्याउन सकिन्छः पुरुर्षोत्तम ओझा

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव तथा व्यापार विज्ञ पुरुर्षोत्तम ओझाले लजिष्टिकको व्यवस्था मिलाएर नेपालमा ग्लोबल ट्रेण्डरको माध्यमबाट पेट्रोलियम पदार्थ भित्र्याउन सकिने बताएका छन् । पूर्व सचिव ओझाले पेट्रोलिय पदार्थ आयातका लागि सबै स्रोत साधन र पूर्वाधारको व्यवस्था मिलाएर भारतबाटमात्रै नभएर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ भित्र्याउन सकिने उनले बताएका हुन् ।

अहिले नेपालसँग अन्य देशबाट तेल ल्याउन सक्ने अवस्था नरहेपनि यसको व्यवस्थापन मिलाउने हो भने निकट भविष्यमा चीनलगायत अन्य देशबाट पेट्रोलियम पदार्थ ल्याउन सकिने हाम्रोअर्थको प्रश्नमा उनले उत्तर थियो ।
२०७२ मा भारतले नाका बन्दी गरेको बेला चीनबाट पनि पेट्रोलियम पदार्थ आयात भएको थियो । भौगोलिक कठिनाइका कारण तुलनात्मक रुपमा चीनबाट भन्दा भारतबाट पेट्रोसिलयम पदार्थ ल्याउन सहज भए पनि तेलको गुणस्तर भने चीनबाट ल्याइएको राम्रो मानिएको छ ।

नाकाबन्दी कै बेला त्यहि बेला नेपाल सरकारले भारतबाटमात्र नभइ चीनबाट पनि तेल ल्याउने प्रस्ताव अघि सारेको थियो । भारतबाटमात्रै भरपर्दा बेला बेलामा धोका भएको ठहर सहित आन्तरिक बजारको खपतको ३० प्रतिशत तेल चीनबाट ल्याउन पूर्वाधार बनाउने योजना अघि सािरयो । योजना काजगमा मात्रै सीमित भयो पहल कदमी हुन सकेन । चीन सरकारले बनाइदिने भनेको भण्डारण जग्गाको अभाव देखाउँदै पहाडी क्षेत्रमा नभइ तराई वा भारत केन्द्रीत बनाउने योजना अघि सार्यो ।

त्यो योजना त्यतिकै तुहिएपछि हालसम्म पनि नेपाल पेट्रोलियम पदार्थका लागि भारतसँगमात्रै निर्भर छ । उसले जे जति भन्छ त्यहि तिर्न हामी बाध्य छौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्यमा धेरै उतार चढाव आयो र नेपालले भने भारतले जति भन्छ त्यहि मूल्य तिर्न पर्यो । भारतसँगको निर्भरता तोड्न अर्थात अन्तर्राष्ट्रिय बजारको मूल्य निर्धारण प्रक्रियाबाट नेपालमा पेट्रोलियम पदार्थ भित्र्र्याउनका लागि पनि ग्लोबल टे«ण्डरमार्फत पेट्रोलियम पदार्थ भित्र्र्याउन पहल कदमी थाल्नु पर्ने देखिन्छ ।

साढे दुई दशक अघि तय भएको मूल्य निर्धारण प्रक्रियामा हेरफेर नहुँदा अहिलेसम्म नेपाल पट्रोलियम पदार्थको लागि महँगो मूल्य चुकाउन बाध्य छ ।

१९९८ मा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालले इण्डियन आयल कर्पोरेसनसँग थोरै (पैसांमां) प्रशोधन शुल्क तिरेर पेट्रोल किन्ने र पेट्रोलियम पदार्थबाट निस्कने बाइप्रडक्ट नेपालले नखोज्ने सहमति भएको थियो ।
तर, अहिले भारतले अन्य कतिथरी शुल्क र ट्याक्स जोड्दा भारतीय बजारमा ५७ देखि ५८ भारतीय रुपैयाँमा पाइने पेट्रोल नेपाललाई करिब ९८ रुपैयाँ भारु बिक्री गर्दै आएको छ । यसले गर्दा नेपाली बजारमा अन्य देशको तुलनामा पेट्रोलियम पदार्थ महँगो पर्न गएको हो ।

विश्व बजारमा हाल प्रति ब्यारेल तेलको मूल्य १०० अमेरिकी डलर भन्दा तल झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएटमा कच्चा तेलको मूल्य मंगलबार १० प्रतिशत जति ओर्लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स