एकैदिन यति धेरैले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएकोमा आज १४ सय रूपैयाँले घटेर ९४ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स