पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।

सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाउँदै निगमले वार्षिक १० अर्ब माथिको घाटा अब निगमले धान्न नसक्ने बताएको हो । रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि नेपालमा भने मूल्य समायोजन हुन नसक्दा निगमको घाटा निरन्तर बढीरहेको बताएको छ । सोही सन्दर्भमा सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाएको निगमले पछिल्लो जुलाई १ को नयाँ मूल्य अनुसार निगमको मासिक घाटा १० अर्ब पुगेको र आर्थिक वर्षको अन्तसम्ममा ५५ अर्ब रुपैयाँ पुग्ने जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स