पेट्रोलियम पदार्थको खपत कम गर्न कोटा तोक्ने तयारी, कुन सवारीले कति पाउने ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न डिजेल र पेट्रोल बिक्री गर्दा कोटा तोक्न सिफारिस गरेको छ । सोमबार बसेको निगमको बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न बिक्रीमा कोटा तोक्ने सहित विभिन्न १० वटा उपाय सिफारिस गरेको हो ।

निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार/जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव गरेको छ।

इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन विभिन्न प्रस्ताव गरिएको निगमले जनाएको छ ।

यस्ता छन् १० सिफारिस :

१.सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने ।

२. देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।

३. खाना पकाउने एल।पी। ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।

४. विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख शहरहरु र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्ने तथा सार्वजनिकरनिजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङ स्थल तोकिदिने ।

५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक(पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र ईन्धन बिक्री गर्ने।

६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।

७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने ।

८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने व्यवस्था मिलाउने ।

९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने ।

१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स