घाटा थग्न नसक्ने देखेपछि अर्थ मन्त्रालयले आयल निगमलाई जग्गा धितो राखेर ऋण लिन आयल निगमलाई काट्यो पत्र

काठमाडौं । घाटा थग्न नसक्ने देखेपछि अर्थ मन्त्रालयले आयल निगमलाई जग्गा धितो राखेर ऋण लिन नेपाल आयल निगमलाई पत्र काटेर सुझाएको छ । अर्थ मन्त्रालयले जग्गा धितो राखेर ऋण लिन सुझाएको पत्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पठाएको हो ।

सरकारी स्वामित्वको नेपाल आयल निगमले टेकुको ४० रोपनी जग्गा धितोमा राख्ने भएको छ । घाटा थाम्न नसक्ने भएपछि निगमले सो जग्गा धितोमा राख्न प्रक्रिया अघि बढाएको हो । हाल आयल निगम घाटा थग्न नसक्ने अवस्थामा पुगेको छ ।

सो घाटा परिपूर्ति गर्न निगले टेकु स्थित नेपाल आयल निगमको मुख्य कार्यालय रहेको जग्गा धितो राख्न लागेको हो । आर्थिक रूपमा नेपाल आयल निगम अत्यन्त कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिने भएछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स