पेट्रोल प्रतिलिटर २० र डिजेल/मट्टितेल २९ रुपैयाँले घट्यो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँले मूल्य घटाएको हो ।

जसअनुसार अब पेट्रोलको मूल्य १७९ रूपैयाँ र डिजेल/मट्टितेलको मूल्य १६३ रूपैयाँ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

सत्ता गठबन्धनको निर्णयअनुसार पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स