नेपालमा बनेको सामग्री खरिद तथा बिक्रीका लागि नेपालमा ईकमर्स साइट खुल्यो

काठमाडौं । साना तथा घरेलु उद्योगले निर्माण गरेको नेपालमा बनेका सामग्रीको लागि नेपाली इकमर्स साइट आजबाट सुरुवात भएको छ । सूचना प्रविधि र लागि एमयसएमी डट कम नामक डोमेन रजिष्टर गरेर ‘खाजौ नेपाली, रोजौ नेपाली’ नाराका साथ सुरु भएको उक्त वेब साइट उद्योग तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्घाटन गरेका हुन् ।

बडुले साना तथा घरेलुु उघोगले नेपाली सामग्रीको प्रवद्धनको लागि लिएको अग्रसरता सकरात्मक रुपमा लिएका छन् । अपेक्षा अनुसार निर्यात हुन नसकेको, हाम्रो मुलुक सोच्न पर्ने अवस्थामा रहेको र समयमै सजक रहनका लागि सबैलाई सचेत बनाए ।

साथै मन्त्री बडुले नेपाल सन् २०२६ पछि अति कम विकसित मुलुकबाट विकास उन्मुख मुलुकमा जाने बताए । अति कम विकसित मुलुक हुँदा जुन सेवा सुविधा राज्यले पाइरहेको छ त्यो केही समयसम्म यथावत राख्नको लागि आग्रह गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासँगको तर्फबाट शेखर गोल्छाले अनलाइन प्लेटफर्ममा नेपालमा बनेको सामग्री ल्याउनु निकै नै सन्दर्भिक रहेको बताए । उनले साना तथा मझौला उद्योगी देशको अर्थतन्त्रको मेरुदण्ड रहेको पनि बताए ।

‘देशका साना तथा मझौला व्यवसायीले मुख्य गरी तिन किसिमका समस्या भोग्नु परेको छ,’ उनले भने ‘सुरुमा व्यवसाय गर्नको लागि कर्जा प्राप्तीको समस्या छ । साना व्यवसायीलाई बैंकले कर्जा दिन अनाकानी गर्छ ।

दोस्रोमा कस्ट अफ दुइङग बिजनेस एकदम उच्च छ । व्यापार गर्नको लागि एकदम उच्च लागत लाग्छ । तेस्रो नम्बरमा साना तथा मझौंला व्यवसायीलाई बजारीकरणको अभाव छ ।

एमयसएमीमा नेपाल सरकारमा दर्ता भएका व्यवसायीले आफूसँग भएका सामग्रीहरू वेवसाइटमा अपलोड गर्न सक्छन्, सुपर एडिमिनले रुजु गरीसकेपछि वेब साइटमा सामग्रीहरू राख्न सकिन्छ । नेपाली वस्तुको किनबेचको १ नं. विश्वास राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स