पेट्रोलियम पदार्थको ५० प्रतिशत कर घटाउन समितिको निर्देशन(निर्णयसहित)

काठमाडौं । पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिइएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई विभिन्न शीर्षकमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल आयल निगलको समेत सहमतिमा समितिले उक्त निर्देशन दिएको हो । हाल प्रतिलिटर पेट्रोलमा ६५ रुपैयाँ कर लाग्दै आएको छ ।

सरकारले समितिले गरेको निर्णयलाई सदर गरेपछि प्रतिलिटर पेट्रोलमा ३२.५० रुपैयाँले कर घट्ने छ । हाल आन्तरि बजारमा एक लिटर पेट्रोल खरिद गर्नका लागि १९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यदि सरकारले सो कर घटाएमा १६६.५० रुपैयाँमा प्रतिलिटर पेट्रोल आउने छ ।

यो निर्णय कार्यान्वयनमा जानको लागि सरकारले निर्णय गर्नुपर्ने नेपाल आयल निगमका प्रवक्ता विनित उपाध्यायले बताए । ‘सरकारबाट स्पष्ट निर्देशन नआइकन कर घटाउन मिल्दैन,’ उनले भने । हाल प्रतिलिटर पेट्रोलमा १३.५८ रुपैयाँ घाटा छ । आज २४ जुन हो र फेरि आयल निगमले अवको एक सातामै नयाँ मूल्य सूची पठाउँछ । सरकारले सो निर्णयलाई स्वीकृत गर्ने बेलासम्म पेट्रोलको भाउ बढेर फेरि माथि उक्लिसकेको हुनेछ ।

हाल कै मूल्यमा कर घटाउने हो भने आम उपभोक्ताले १६६.५० रुपैयाँमा पेट्रोल पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स