काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर ९६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।