सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलामा ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १८ सय रूपैयाँले घटेर ९७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १२ सय ४५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स