असार ३ र ४ गते बुटवलमा नेपाली चियाको वृहत राष्ट्रिय प्रर्दशनी हुने, विभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने

बुटवल । नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघरसंस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा २०७९ असार ३ र ४ गते सिद्दार्थ कटेज, बुटवलमा नेपाली चियाको राष्ट्रिय प्रदशनी तथा नेपालमा उत्पादित विभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने भएको छ ।

स्वदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने, सहि चियाको सहि रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उदेश्यले वृहत राष्ट्रिय चिया प्रदशनी तथा टि टेस्टीङग कार्यक्रम आयोजना गरिएको हो ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदशनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरु झापा, इलाम देखि पश्चिम सम्म उत्पादित चियाको प्रदशन हुनेछ ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समय देखि कार्य गर्दै आएका निजि क्षेत्रका नेपाल टि एसोसिएसन, हिमालयन अर्थोडक्स टि प्रोड्युसर एसोसिएसन,नेपाल टि प्रोड्युसर एसोसिएसन, केन्द्रिय चिया सहकारी संघ, स्पेसियालिटि टि एसोसिएसन नेपालमा आवद्ध चियाका व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको मुख्य रुपमा सहभागिता रहने सो कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने छ ।

नेपालको तराई क्षेत्रमा विशेष गरि झापा जिल्लामा सिटिसी चिया र पहाडी क्षेत्रमा अर्थोडक्स चिया अन्तर्गत विभिन्न प्रकारहरु चियाहरु बनाइने गरिन्छ । नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरि भारत लगायत अन्य तेश्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ ।

आ.व. २०७७र०७८ को तथ्यांक हेर्ने हो भने नेपालले ३ अर्ब ७९ करोड भन्दा बढी मूल्यको चिया निर्यात गरेको छ । नेपालमा चिया खाने प्रचलन निकै पुरानो हो ्र इलामका तत्कालिन बडाहाकिम गजराज सिंह थापाले वि.स. १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो ।

नेपाली चियाको इतिहास १५० वर्ष भन्दा पुरानो रहेको छ । आ.व. २०७७।०७८ को तथ्यांक अनुसार नेपालमा १६,९१७ हेक्टरमा चिया रोपण भएको र २३,७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको छ । आज १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स