काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १५ सय रूपैयाँले बढेर ९९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १२ सय ८० रूपैयाँ कायम भएको छ ।