बजेटले औद्योगीकरणको बाटो खोलेका छः विष्णु अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजेटले औद्योगीकरणका लागि बाटो खोलेको बताएका छन् । बजेटमा परिसंघले अघि सारेको ‘मेक इन नेपाल’ अभियान समावेश गरिएकामा उनले खुसी व्यक्त गरे ।

जग्गाबारे नीति उद्योगमैत्रीपूर्ण रहेको जिकिर गरे । रुग्ण उद्योग चलाउने सरकारको निर्णयलाई राम्रो भन्दै अग्रवालले ती उद्योगलाई पीपीपी मोडेलमा सञ्चालन गर्ने विषयलाई परिसंघले स्वागत गरे ।

‘विदेशीलाई अपार्टमेन्ट खरिद गर्न दिने व्यवस्था, सेयर बजारमा गैर आवासीय नेपालीलाई लगानी गर्न दिने उद्घोषले विदेशी मूद्रा र तरलता प्रवाहमा सहयोग पुग्ने विश्वास गरे । बजेटबाट गरिएको निर्णयले स्वदेशी तेल उद्योग र स्यानेटरी प्याड उद्योग संरक्षण हुन नसकेको उनले बताए ।

न्यूनविजीकरणको समस्या रहेको भन्दै मल्टिभ्याट प्रणाली लागू गर्नुपर्ने माग पनि गरे । बजेट निकै राम्रो आएको भन्दै अग्रवालले यसको कार्यान्यनका लागि निजि क्षेत्र सम्मिलित एउटा टिम बनाउन आह्वान गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स