काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा आज २५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।