काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा आज २० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।