सिमेन्ट, डन्डी निर्यातमा ८ प्रतिशत अनुदान

काठमाडौं । सरकारले उच्च निर्यात सम्भावना भएका वस्तु तथा सेवाको पहिचान गरी निर्यातका लागि प्रवर्द्धन गर्ने भएको छ । सरकारले क्लिंकर, सिमेन्ट, डन्डी, फुटवेयर, प्रशोधित पानी निर्यातमा नगद अनुदान दिने भएको हो । यस्ता वस्तु निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत् नगद अनुदान दिने बताएका छन्।

साथै सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस, प्रोसेसिङ, आउटसोर्सिङ जस्ता सेवाको पहिचान गरी निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स