सार्वजनिक संस्थानको नाफा ४५.४२ प्रतिशतले घट्यो

काठमाडौं । सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुको नाफा ४५.४२ प्रतिशतले घटेको छ । गत आव सार्वजनकि संस्थानको नाफा घटेर २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो आव २०७६/७७ मा सरकारी स्वामित्वका संस्थानहरुको खुद नाफा ४८ अर्ब २९ करोड ८१ लाख रुपैयाँ रहेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७९ ले देखाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये २२ वटा संस्थानले मात्रै नाफा कमाएको देखिएको छ भने १९ वटा संस्थान नोक्सानमा गएका छन् ।

आर्थिक सर्वेक्षणअनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । आर्थिक वर्ष २०७६/७७ को लाभांश १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा लाभांश ५२.३३ प्रतिशतले घट्न गएको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स