काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएको छ । जेठ १० गते बसेको मन्त्री परिषद्को बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूवार्धार कर हटाएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेर अचाक्ली भएपछि सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएको हो । योसँगै पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्ने भएको छ ।
प्रतिनिधिसभाको शुक्रबार आज बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गतेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराए। उनले मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो । तर, बुढीगण्डकी आयोजना निश्चित नभएपछि उक्त नाममा लिइँदै आईएको कर नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधामन्त्री हुँदा ५ रुपैयाँ थपेर पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो ।