काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो ।
ब्लकबस्टर डिस्प्ले
नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ। १.१३ एमएम मोटाइ र २०३ ग्राम वजन भएको यो फोन १७.०४ सीएम (६.७१“) डिस्प्लेको साथ तपाईको लागि उत्तम उत्पादन हुन सक्छ।
पछिल्लो संस्करणको तुलनामा २ गुना छिटो
बजेटको आधारमा Snapdragon 680 लोकप्रिय चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ। एन्ड्रोइड ११ मा आधारित MIUI १३ सफ्टवेयर भएको रेड्मी १० मा 6 gb सम्मको RAM र 128GB आन्तरिक स्टोरेज रहेको छ जुन प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ।
क्यामेरा
अप्टिक्सको सन्दर्भमा, रेड्मी १० मा कुल तीन सेन्सरहरू छन् । पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि 5MP क्यामेरा समावेश गरिएको छ । यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३०fps मा १०८०p भिडियो खिच्न सकिन्छ ।
बाँकी विशेषताहरु
डुअल-ब्यान्ड वाइफाइ र ब्लुटुथ 5.0 समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र 3.5mm हेडफोन ज्याकको साथ यस रेड्मी १० मा प्रयोगकर्ताहरूले 512GB सम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन् ।
नेपालमा रेड्मी १० को मूल्य र उपलब्धता
रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध छ ।
नेपालमा रेड्मी १० ४/६४ जिबी संस्करणको मूल्य १८,९९९ छ । त्यस्तै, हाई–एन्ड ६/१२८ जिबी संस्करणको मूल्य २१,९९९ रहेको छ। रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।