सबैको लघुवित्तद्वारा कञ्चनपुरको बेलौरीमा ‘व्यवसायिक’ बंगुरपालन तालिम’ सम्पन्न

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ जना ग्राहक सदस्यहरुको सहभागितामा बैशाख २४ गतेदेखि २६ गतेसम्म कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका, बेलौरीमा ‘व्यवसायिक’ बंगुरपालन तालिम’ सम्पन्न गरेको छ । तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा रहेको उक्त संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षक राम बहादुर चौधरी, रेनुका चौधरी, पवन कुमार श्रेष्ठ, बुद्धिराम चौधरी, जनक राम थारु रहेका थिए ।

तालिमको सुभारम्भ सत्रमा स्वागत मन्तब्य बेलौरी शाखाका शाखा प्रमुख जनक राम थारुले गरेका थिए । तालिमको उद्देश्य तथा संस्थाको संक्षिप्त जानकारी संस्था नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले प्रकाश पारेका थिए । संस्थाले आफनो ग्राहक सदस्यहरुलाई उद्यमी बनाउनका लागि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आई रहेको जानकारी गराएका थिए ।

नायब महाप्रवन्धकले ब्यवसायिक रुपमा बंगुरपालनबाट मनग्य फाईदा लिन सकिने बारेमा जानकारी गराएका थिए । ब्यवसायिक रुपमा बंगुरपालन गर्नमा यस तालिम फलदायि हुने अपेक्षा राखेका थिए । कर्जाको सदुपयोगिता गरेमा मात्र फाईदा हुने भएकोले कर्जा सदुपयोगिता गर्न सुझाएका थिए साथै तालिममा लिएका सीपलाई ब्यवहारमा लागू गर्न जानकारी गराएका थिए ।

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई कञ्चनपुर जिल्ला, शुक्लाफाँटा नगरपालिका झलारीका बंगुरपालन कृषक कलावती देवी भट्ट÷ गगन राज भट्टको रिभरसाइड पिग एण्ड एग्रो फार्म प्रा.लि.को बंगुर फार्ममा २५० वटा बंगुरहरु र खोर तथा कञ्चनपुर जिल्ला, शुक्लाफाँटा नगरपालिका जोनापुरका बंगुरपालन कृषक दिपक चौधरीको बंगुरपालन फार्ममा २५ वटा बंगुर र खोर हेर्न अवलोकन भ्रमणको ब्यवस्था मिलाईएको थियो ।

संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गर्दै आई रहेको छ ।

संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका नायब महाप्रवन्धकले जानकारी गराएका थिए । तालिमको सञ्चालन संस्थाका बेलौरी शाखाका प्रमुख जनक राम थारुले गरेका थिए ।

तालिमको समापनमा नायब महाप्रवन्धकले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । तालिमको मूल्याकंन सहभागीहरु लक्ष्मी गुरुङ, कमला चौधरी र बेचन लाल चौधरीले गरेका थिए । सहभागीहरुले तालिममा ब्यवहारिक कुराहरु सिक्न पाएको, दाना बनाउने विधि र बंगुरपालन कृषकहरुको फार्म प्रत्यक्ष अवलोकन गरी धेरै कुराहरु सिक्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । सहभागीहरुले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

बंगुरको परिचय, वर्तमान स्थिति, सम्भाब्यता र नेपालमा पाईने स्थानीय तथा उन्नत नश्लका बंगुरहरुको जातिय परिचय, स्थानीय श्रोतसाधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका तथा उमेर अनुसार पाठापाठी, गिल्ट, माउ तथा भाले (बीरे)लाई आवश्यक पर्ने भूँईको आवश्यकता, बंगुरको प्रजनन प्रणाली बारे जानकारी तथा प्रजननको लागि बंगुरको छनौट गर्नै आधारहरु, बंगुरको प्रजनन प्रणाली बारे जानकारी तथा प्रजननको लागि बंगुरको छनौट गर्नै आधारहरु, गिल्ट, थारा तथा भाले बंगुरको ब्यवस्थापन र बंगुरको पाठापाठीहरुको हेरचाह, ब्याउने बंगुरको ब्यवस्था, ब्याएको बंगुरको ब्यवस्था तथा तुरुन्तै जन्मेका पाठापाठीलाई गर्नुपर्ने स्याहार संभार, बंगुरको पाचन प्रक्रिया बारे जानकारी, उमेर र अवस्था अनुसार संन्तुलित आहाराको आवश्यकता, स्थानीय कच्चा पद्धार्थको प्रयोग गरी संन्तुलित दाना बनाउने विधि तथा दानामा प्रयोग गरीने कच्चा पद्धार्थका स्रोतहरु, बंगुरमा रोग लाग्नाको कारण, रोगी र निरोगी बंगुरहरुको पहिचान गर्ने विधि तथा पाठापाठीमा हुने रक्त अल्पताका कारण, उपचार, रोकथाम, बंगुरको पाठापाठीले छेर्ने समस्या को उपचार तथा रोकथामका उपायहरु, बंगुरमा लाग्ने मुख्य मुख्य रोगहरु, रोगको परिचय, लक्षण, उपचार तथा रोकथामको उपायहरु र आन्तरिक परिजिविहरुको नियण्त्रण, बंगुरपालन ब्यवसायको बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिमबाट सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले बताएका थिए । संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको, यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए ।

संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० वटा शाखा कार्यालय, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ वटा कार्यालयहरुको सञ्जालबाट ७३,६७७ घरधुरीमा कार्यक्रम विस्तार गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स