काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा आज २ सयले बढेर ९८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १२ सय ७५ रूपैयाँ कायम भएको छ ।