अव कृषिको ‘इको सिस्टम’ मा नै सुधार गर्नुपर्छः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापारघाटा बढ्दै गएकोले यन्धन खपत घटाउने तिर सोच्नु पर्ने बताएका छन् । ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधान’ का उपायका विषयमा छलफल गर्न महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा समग्र क्षेत्रमा मूल्य बढिरहेकाले सरकारले इन्धनको प्रयोग घटाउने विषयमा सोच्नु पर्ने बताए ।

‘इन्धन खपत घटाउन विद्युत खपत बढाउनु पर्छ,’ उनले भने ‘यसका लागि विद्युतीय सवारी साधन प्रमुख विकल्प हो । विद्युतको प्रयोग बढाउन ठूला इलेक्ट्रिक बस चलाउनु पर्ने हुन्छ, सफा ट्यापुको प्रयोग बढाउनु पर्ने हुन्छ । ‘निर्माणधिन विद्युत् तीव्रताका साथ निर्माण सम्पन्न गरी आवश्यकताअनुसार विद्युत प्रसारण लाइन पनि निर्माण गर्नुपर्छ ।’

अमेरिकी डलरको मूल्य वृद्धिसँगै नेपाली मुद्रा कमजोर बन्दै गएकाले व्यापार घाटा व्यापार घाटा बढ्दै गएको हो । आउँदा दिन यो अझ बढ्न सक्ने निश्चित भएको पनि उनले दावी गरे । कोभिडले थलिएको अर्थतन्त्रमा केहि सुधार हुँदै गर्दा फेरि रसिया र युक्रेनबीचको युद्धले असर पारेको छ । डलरको भाउ बढ्दा व्यापार घाटा बढ्नुको साथै समग्र आपूर्तिमा समस्या सिर्जना भएको उनले बताए ।

युक्रेन र रसियाबीचको युद्धले रासायनिक मलको समेत अभाव हुनु थालेको छ । यसले मूल्य समेत बढिरहेको र समग्र आपूर्ति चेनमा समस्या सिर्जना भएकोले खाद्य संकट समेत आउन सक्ने उनले आकलन गरे ।

सरकारले कृषिको व्यवसायीकरण गर्ने घोषणा गरेको दशकौं भइसकेको बताउँदै अव कृषि इको सिस्टममा नै सुधार गर्नुपर्ने बताए । गोल्छाले बैंक तथा वित्तीय संस्थाले बचतमा ब्याजदर बढाउँदा समेत निक्षेप बढ्न नसकेको भन्दै ब्याजदर घटाउने विषयमा योजना बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स