काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर ९६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।