सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १३ सय रूपैयाँले घटेर ९६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ ।

शुक्रबार स्थानीय चुनावका कारण सरकारले सार्वजनिक बिदा दिएको कारण सुनचाँदी कारोबार बन्द रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स