तोलामा ८ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर ९७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स