६ खर्बको टेक्सटायल बजारमा ५ खर्ब तस्करीबाट आउँछ : पवन गोल्यान

काठमाडौं । नेपालमा वार्षिक ६ खर्ब रुपैयाँको टेक्सटायल उत्पादन खपत हुने देखिएको छ । सो खपतमध्ये १ खर्ब वैधानिक च्यालनबाट राज्यलाई कर तिरेर भित्र्न्छ भने बाँकी ५ खर्ब मूल्य बराबरको टेक्सटायलका उत्पादन तस्करीबाट भित्र्ने गरेको छ ।

उद्योगी तथा बैकर पवन गोल्यानले नेपालमा वार्षिक ६ खर्ब रुपैयाँको टेक्सटायल बजार भएको जानकारी दिएका हुन् । ‘नेपालमा वार्षिक करिव ६ खर्ब रुपैयाँको टेक्सटायल बजार छ,’ उनले भने ‘ जसमध्ये १ खर्ब आधिकारीक हो भने ,बाँकी कहाँबाट आउँछ हामीले बर्षैदखि सोध्दै आएको प्रश्न हो ।’ यो फरवाड तस्करी हो । यसले गर्दा राज्यलाई अर्बैको राजस्व घाटा भइरहेको उनको ठम्याइ छ ।

नेपालमै यस्तो टेक्सटायल उद्योग सञ्चालन गर्न सक्ने अवस्था भएपनि सरकार उदासिन हुँदा वार्षिक खर्बौ रुपैयाँ बाहिरिरहेको उनले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा नेपालमा वर्षको २ लाख नयाँ जनशक्तिलाई रोजगारी दिन सक्ने क्षमता भएको उनले बताए । ५ हजार जति उद्योग क्षमता भएको गार्मेन्टानले राष्ट्रिय अर्थतन्त्रमा १५ प्रतिशतसम्म हिस्सा छ । यो हिस्सालाई कपडाका माध्यमबाट हेर्दा २० देखि ३० प्रतिशत योगदान रहेको छ ।

यो भित्र कार्पेट, पस्मिना फेल्ट, अल्लेसम्मका उत्पादन टेक्सटायलमा पर्छन् । जुत्ता, मोजा मान्छे जन्मेपछि जीवनभर उपयोग गर्ने सम्पूर्ण कपडाहरू टेक्सटायलमा पर्ने उनले बताए । कुनै पनि देश विकास भएको छ भने पहिले टेक्सटायल तथा गार्मेन्टबाटै भएको उनले जानकारी दिए । ‘अमेरिका, बेलायतदेखि लिएर अहिले बंगलादेशसम्मको समृद्धि टेक्सटायलबाट भएको हो,’ उनले थपे ‘नेपालमा पनि यसको सम्भावना बढी छ तर, हामी वार्षिक खर्बौको कपडा आयात गरेर आफ्नो क्षमतालाई ओझेलमा पारिरहेका छौं ।’

अहिलेको नेपालको यो स्थिति हुनुको मुख्य कारण भनेको हामी धागोमा निर्यात गर्न तिर लाग्यौ । कपडा बनाएर भ्यालू एड गर्नेतर्फ लागेनौ । उनका अनुसार नेपालमाले वल्र्ड क्लासको धागो बन्छ र तर, यसलाई तयारी पोशाक तथा कपडा उत्पादन गरेर निर्यात गर्न सकेको भए भ्यालू एड हुने थियो ।

केहि समययता नेपालमा राम्रो कपडा बन्न सुरु भएको छ । फिनिसिङ अझैँ राम्रो बन्न सकेको छैन । अझै गार्मेन्टसँग जोड्न सक्ने अवस्था आइस्केको छैन । यसका लागि सबैभन्दा पहिले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउनु पर्ने उनले सुझाए । त्यसमा ४,५ अर्ब जति लगानी थपेर प्रशोधन गर्ने काम गर्यौ भने अनि बल्ल गार्मेन्ट उद्योगसँग जोड्न सकिन्छ । त्यति भयो भने खपतको ७० देिख ८० प्रतिशतसम्म नेपालकै उद्योगलाई जोड्न सकिन्छ ।

उच्च भागमा पाइने अल्लोलाई प्रशोधन गरेर पनि निर्यात बढाउन सकिन्छ । अल्लोको उत्पादनलाई विश्व बजारमा बजारीकरण गर्न सकियो भने यसबाट पनि नेपालले ठूलो फाइदा लिन सक्छ । ‘अल्लोबाट धेरै खालका चिजबिज बनाउन सकिन्छ । त्यो हाम्रो मौलिक उत्पादन हुन्छ । विश्व बजारमा त्यसको पहिचाननै फरक हुन जान्छ हुन्छ ।

पछिल्ला वर्षहरूमा अल्लोका उत्पादनहरु सुरु हुन थालि सकेको छ । त्यसलाई अझै मौलिकता दिन सकियो भने अझ राम्रो हुने उद्योगी गोल्यानले बताए । गार्मेन्टका साथीहरुलाई आग्रह गर्छु, नेपालका यस्ता धेरै मौलिक उत्पादन छन्, अर्को भनेको पाल्पाली ढाका । यसलाई पनि विश्व बजारमा ब्राण्डिङ गर्ने गरि बनाउन सके यसबाट पनि प्रशस्तै विदेशी मुद्रा अर्जन गर्न सकिने उनको भनाइ छ ।

विश्व बजारमा बजार लिनसक्ने वस्तु उत्पादन गर्न तालिम दिनु पर्ने हुन्छ । यस क्षेत्रमा काम गर्न सक्ने जनशक्त्ति उत्पादन गर्नको लागि तालिम दिनु अति नै आवाश्यक भएको पनि उनले बताए । अहिले छिमेकी मुलुकबाट जनशक्त्ति बोलाएर काम गर्ने अवस्था छ । राज्यले गार्मेन्ट क्षेत्रका लागि भनेरै छुट्टै तालिम राम्रोसँग दिन सके यसबाटै प्रशस्त पाइदा दिन सकिने अवस्था भएको उनको भनाइ छ । नेपाल भूपरिवेष्ठित देश भएकोले चूनैति भएपनि राज्यले संरचना तयार गरिदिए ५० सेन्ट ढुवानी खर्चमा अमेरीकामा नेपाली उत्पादन पुर्याउन सकिन्छ र देशले पनि ठूलो फड्को मार्छ ।

उनले अगाडि भने एमसीसी भर्खरै अनुमोदित भएको छ । जसले गर्दा अमेरिकासँग राम्रो सम्बन्ध छ । यो बेला सरकारले अमेरीकालाई नेपाली गार्मेन्टमा अन्तःशुल्क छुट गर्नका लागि पहल गर्नुपर्छ । नेपाल विस्तारै लिष्ट डेभलपेन्ट कन्ट्रबाट ग्रयाजुयट हुँदैछ यो नहुँदासम्म हामीलाई सहुलियत चाहिन्छ । अमेरिकाबाट सहुलियत पाउन सकियो भने अन्तराष्ट्रिय बजारको प्रतिस्पर्धा गर्न सहज हुने पनि उनले औल्याए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स