काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।