ऋण नतिरेपछि इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष व्यवसायी इच्छाराज तामाङको सीटीसी मल लिलामी हुने भएको छ ।

तामाङले मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको हो ।

कुल ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त मलमा १३२ ओटा सटरहरू लिलामीमा राखिएको छ । उक्त मलमा तामाङको ५० प्रतिशत सेयर रहेको छ ।

मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् ।मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् ।

कोष स्रोतमा अनुसार कम्पनीले लिएको ऋणको नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि लिलामी सूचना निकालिएको हो।

हाल उनी ठगी अभियोगमा जेलमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स