काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर ९८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १२ सय ८० रूपैयाँ कायम भएको छ ।