लगातार ओरालो लाग्दै सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार छापावाल सुनको ३ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर ९९ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ४० कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स