बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ३ सयले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ कायम भएकोमा आज ३ सयले बढेर १ लाख ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स