पेट्रोल सस्तिएर आयो

काठमाडौं । भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गरेको छ । यो मूल्य सूची पनि नियमित हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ घटेको छ । पेट्रोलको मूल्य घटेपनि डिजेल र हवाई इन्धनको मूल्य भने बढेको छ । डिजल २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ ।

नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा ९पाक्षिक० करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स