बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँशोरुमको उद्घाटन

काठमाडौं । विश्वको अग्रणी सेनेटरीवेयर स्पेस र प्रिमियमबाथरूम समाधानमा अग्रगामी कम्पनी रोकाबाथरूम प्रोडक्ट्सले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँशोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामाआफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन यस ठाउँहरुमा नयाँशोरुमको विस्तार गरेको हो ।

कम्पनीले केई रंगनाथन, प्रबन्धनिर्देशक, रोकाबाथरूमप्रोडक्ट्स प्रा.लिको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँशोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो ।

ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०% को बजार हिस्सा पाएको छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित छ ।

रोकासँग नेपालमा प्रिमियमबजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् ।

यी नयाँ शोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमाबलियो उपस्थिति जनाउँदै आमजनतचाको विश्वास जित्ने लक्ष्य राखेको छ । शोरुमको शुभारम्भको अवसरमा बोल्दै रोकाबाथरूम प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशक केई रंगनाथनले भने, ‘हामीहाम्रो पहुँचविस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पु¥याउने नेपाली बजारमा बलियो उपस्थिति राख्नपाउँदा खुसी छौं ।

हामी यस्ता बजारहरूमा हाम्रो खुद्रा उपस्थितिलाई सुदृढ गर्न जारी राख्नेछौं जहाँ हामीले बलियो उपस्थिति स्थापित गरेका छौं र हाम्रा ग्राहकहरूको लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै हाम्रा फरक उत्पादनहरू, सेवाहरू र आश्वासनहरूका साथ नयाँबजारहरूमा प्रवेश गर्नेछौं ।

उनले थपे, ‘हामी बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरियतामा केन्द्रित भएर हाम्रो बलियो उपस्थितिलाई निरन्तरता दिने महत्वाकांक्षी योजना छ ।’ रोकाविश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनी भएकोले ग्राहकहरुका लागि हाम्रो उत्पादनहरुले सन्तुष्ट दिने विश्वास गर्दछ र ग्राहकहरुलाई उनीहरुको आवश्यकता अनुसार स्पष्ट रुपमा उत्पादनहरु छनोट गर्न मद्दत गर्दछ ।

ग्राहकहरूलाई अनौठो किनमेल अनुभव प्रदान गर्न प्यारीवेयरसँग नेपालभर १०० भन्दा बढी आउटलेटहरू छन् । विश्वनम्बर १ रोका ब्रान्डका नेपालमा १५ भन्दा बढि हाई एन्ड शोरुमहरू छन् जसले उच्च स्तरकाग्राहकहरू र आर्किटेक्टहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दछ ।

हाल, रोकाप्यारिवेयरले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स